Logo

पछिल्लो २४ घण्टा यता कोरोना संक्रमण हुनेको संख्या ह्यातै बढ्यो, सक्रिय संक्रमितको संख्या ५ हजार नाघ्यो



Spread the love

३ वैशाख, काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा थप ९०० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ८२ हजार ८९० पुगेको छ ।

२४ घण्टामा २०८ जना संक्रमित निको भएका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७४ हजार ८१२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ४ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार ७० पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या ५००८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्