Logo

भारतबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह क्वारेन्टिनमा, काेराेना रिपाेर्ट यस्ताे छ



Spread the love

५ बैशाख, काठमाडाैँ । भारतमा कुम्भ मेलामा सहभागी भएर पूर्वराजा ज्ञानेन्द्र शाह नेपाल फर्किएका छन् । आइतबार उनी काठमाडाैँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्लमा अवतरण गरेका थिए ।

उनलाई स्वागत गर्न मानिसहरूको ठूलो समूह नै पुगेको थियो ।

कुम्भ मेलामा सहभागी भएर फर्किएका पूर्वराजा शाह क्वारेन्टिनमा बस्ने भएका छ । भारतको हरिद्वारमा भएको उक्त मेलाका हजाराैँ सहभागीमा कोरोना संक्रमण पुष्टि भएपछि उनी पनि क्वारेन्टिनमा बस्ने भएका हुन् ।

क्वारेन्टिनमा बस्ने भएता पनि पूर्वराजा ज्ञानेन्द्र शाहको कोरोना रिपोर्ट भने सार्वजनिक भएको छैन । उनी स्वयं स्वास्थ्यप्रति संयमित हुँदै क्वारेन्टिनमा बस्न लागेको बताइएको छ ।

भारतमा पनि हरिद्वारको कुम्भ मेलामा सहभागी भएकाहरूलाई अनिवार्य रूपमा क्वारेन्टिनमा बस्नुपर्ने नियम लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्