Logo

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दै



Spread the love

६ वैशाख, काठमाडौं ।  नेकपा एमालेको अध्यक्ष एवम्‌ प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशन आयोजक कमिटी बैठक आह्वान गरेका छन्।

दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा अध्यक्ष ओलीको साङ्गठानिक प्रतिवेदन पेस गर्ने र कर्णाली प्रदेशमा भएको घटना र फ्लोर क्रस गर्ने सांसदमाथिको कारबाहीका बारेमा छलफल हुने एमालेका मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।

बैठकमा साविकका २४१ जना र फागुन २८ मा मनोनित २३ सहित २६४ सदस्यहरूलाई खबर पठाइएको एमाले संसदीय दलका प्रमुख सचेतक भट्टराईले जानकारी दिए ।

जिल्लाहरूका इञ्चार्ज र नेताहरूको कार्यविभाजन तोक्ने, महाअधिवेशन तयारी लगायतका विषय पनि बैठकको एजेण्डा बनाइएको छ। उप-निर्वाचन तयारीका मामिलामा पनि छलफल गर्ने एजेण्डा तयार भएको छ।

ओलीपक्षीय बैठकमा खनाल- नेपाल पक्ष भने सहभागी नहुने बताएको छ।

यस्तै, आजको बैठकमा कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ गर्ने नेपाल–खनाल पक्षका सांसद प्रकाश ज्वालालाई पार्टी सदस्यता र सांसदबाट हटाउने निर्णय पनि गर्नेछ। ज्वालासहित नन्दसिंह बुढा, कुर्मराज शाही, अम्मरबहादुर थापाले शुक्रबार वैशाख ४ गते ‘फ्लोर क्रस गरेका थिए।

उनीहरूका कारण नेकपा माओवादी केन्द्रका नेता एवम्‌ मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो पद जोगाएका थिए। बुढा, शाही र थापालाई शनिबार नेकपा एमाले ओली पक्षीय कर्णाली प्रदेश कमिटी बैठकले पार्टी सदस्यताबाट निष्कासन गरेको निर्णय गरेको थियो। लगत्तै, उनीहरूको सांसद पद खारेजीका लागि केन्द्रमा सिफारिस पठाएको थियो।

प्रतिक्रिया दिनुहोस्