Logo

महाराष्ट्रमा : प्रत्येक तीन मिनेटमा एक जना कोरोना संक्रमितको मृत्यु



Spread the love

६ वैशाख, काठमाडौं । भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण तिव्र गतिमा बढ्दै गइरहेको छ । 

भारतीय सञ्चारमाध्यमका अनुसार महाराष्ट्रमा प्रत्येक तीन मिनेटमा एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भइरहेको छ । कोरोनाबाट सर्वाधिक प्रभावित बनेको महाराष्ट्रमा प्रत्येक घण्टा दुई हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् । 

हालसम्म महाराष्ट्रमा कोरोनाको कुल ३८ लाख ३९ हजार ३३८ मामिला देखा परेका छन् ।

आइतबार महाराष्ट्रमा कोरोनाभाइरसको ६८ हजार ६३१ नयाँ बिरामी फेला परेका छन् भने महाराष्ट्रमा कोरोनाका कारण ५०३ जनाको मृत्यु भएको छ ।  महाराष्ट्रमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६० हजार नाघेको छ ।

प्रतिक्रिया दिनुहोस्