Logo

मास्क नलगाउने बेहुलीलाई प्रहरीले तिरायो एक हजार जरिवाना



Spread the love

९ बैशाख, एजन्सी । मास्क नलगाइ विवाह गरेकी एक बेहुलीले जरिवाना तिरेकी छिन् । भारतको पञ्जाबको चण्डीगढमा आफ्नै विवाहका लागि मण्डपमा जाने क्रममा बेहुली मास्क नलगाएपछि जरिवानामा परेकी हुन् ।

उनले मास्क लगाउँदमा मेकअप बिग्रिने भन्दै मास्क नलगाएकी थिइन् । तर, उनको यो कारणले जरिबाना हुनबाट भने जोगाउन सकेन र एक हजार जरिबाना तिर्नुपर्यो ।

गाडीभित्र बसेकी बेहुलीको अनुहारमा मास्क नदेखेपछि प्रहरीले रोकेर जरिबाना तिराएको थियो ।

भारतमा बिहीबार एकैदिन ३ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको । पछिल्लो महिनाबाट भारतमा कोरोना भाइरसको दोश्रो लहर सुरू भएको छ ।

प्रतिक्रिया दिनुहोस्