Logo

‘लिलि बिली’को मुद्दामा गोविन्द शाहीलाई क्लिनचिट, सत्यको पक्षमा फैसला भएको प्रतिक्रिया



Spread the love

१८ बैशाख, काठमाडाैँ । निर्माता तथा वितरक गोविन्द शाहीले अदालतबाट क्लिन चीट पाएका छन् । २०७५ सालमा रिलिज भएको ‘लिलि बिली’ फिल्मको शेयरबारे विवाद अदालतमा गएपछि जिल्ला अदालत काठमाडाैँले उनको पक्षमा फैसला सुनाएको हो ।

निर्माता शाही तथा अर्का निर्माता सुदिप खड्का र निर्देशक मिलन चाम्सबिच शेयर बारेका विवाद भएको थियो । लिलि बिली काफिया फिल्मसले १ करोड ३२ लाख भन्दा धेरै लगानी गरेर सुटिङबाट हलसम्म पुर्याएको थियो । सुटिङको क्रममा हाल्नुपर्ने पैसा समेत नहालेर दिनुपर्ने पैसा मागेपछि विवाद सुरू भएको थियो । पैसा दिनुपर्ने ठाउँमा पैसा खायो भन्दै सम्पूर्ण शक्ति प्रयोग गरेर काफिया फिल्मसकै बदनाम गर्न खोजेको निर्माता शाहीले उल्लेख गरेका छन् ।

अदालतबाट सफाइ पाएपछि निर्माता शाहीले असत्यमाथि सत्यको जीत भएको प्रतिक्रिया दिएका छन् । सल्लेरी खबरसँगको कुराकानीमा शाहीले भने, ‘पैसा र राजनीतिक पहुँच देखाएर बदनाम गर्ने प्रयास गरिएको थियो । तर, अदालतले सत्यको पक्षमा फैसला गरेको छ ।’

निर्माता शाहीले यो केसबाट कसैलाई पनि आँखा चिम्लेर विश्वासको भरमा काम नगर्ने पनि बताएका छन् । ‘अब कसैसँग पनि विश्वासको भरमा काम गरिँदैन । पहिले कागज गरेर मात्रै काम गर्न सुरू गरिन्छ ।’ शाहीले सल्लेरी खबरसँग भने ।

अदालतले सफाइ दिएकै दिन निर्माता शाहीले सबैभन्दा सम्मानित र न्यायको प्रतिमूर्ति अदालत नै भएको प्रतिक्रिया समेत दिएका थिए ।

पछिल्लो २ वर्षदेखिको विवादमा यस पटक अदालतले फैसला सुनाएको हो । पछिल्लो फैसला अनुसार गोविन्द शाहीले यो मुद्दा जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्