Logo

लुम्बिनी प्रदेशको स्वास्थ्यमन्त्रीमा श्रेष्ठ, मंगलबार थपिए ३ मन्त्री



Spread the love

२२ बैशाख, बुटवल । लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा भोजप्रसाद श्रेष्ठ नियुक्त भएका छन् । मुख्यमन्त्री शंकर पोखरेलको सिफारिशमा प्रदेश प्रमुख धर्मनाथ यादवले आज स्वास्थ्यमन्त्रीमा श्रेष्ठसहित तीन मन्त्री नियुक्त गर्नाका साथै जिम्मेवारी हेरफेर गरेका छन् ।

प्रमुख यादवले आन्तरिक मामिला तथा कानूनमन्त्रीमा चेतनारायण आचार्य र शिक्षा तथा सामाजिक विकासमन्त्रीमा धर्मबहादुरलाल श्रीवास्तवलाई नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । यससँगै प्रदेश मन्त्रिपरिषद् १० सदस्यीय भएको छ ।
यसअघि थपिएका मन्त्रीमध्ये हरिप्रसाद रिजाललाई ग्रामीण तथा शहरी विकास मन्त्रालय र कल्पना पाण्डेलाई उद्योग, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

त्यस्तै बैजनाथ चौधरी आर्थिक मामिला तथा योजनामन्त्री, सन्तोषकुमार पाण्डे भौतिक पूर्वाधार विकासमन्त्री, विजयबहादुर यादव भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री र सुमन शर्मा रायमाझी भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा यथावत् छन् ।

प्रतिक्रिया दिनुहोस्