Logo

‘रअ’का नेपाल प्रमुख काठमाडाैँ आइपुगे



Spread the love

२४ बैशाख, काठमाडाैँ । भारतीय खुफिया एजेन्सी ‘रअ’का नेपाल प्रमुख नेपाल आइपुगेका छन् । शुक्रबार एयर इण्डियाको विमानमार्फत राघवप्रसाद भट्नागर नेपाल आइपुगेका हुन् ।

उनको साथमा एक जना अर्का कर्मचारी पनि नेपाल आइपुगेका छन् ।

कुटनीतिक राहदानी लिएर भारतीय नागरिक राघवप्रसाद भट्नागर नेपाल आएको बताइएको छ । नेपाल पछिल्ला केही महिना राजनीतिक उतार चढाव देखिएपछि विदेशी शक्तिको चलखेल बढ्न थालेको देखिएको छ ।

यसभन्दा अघि अभिजित अल्दरले ‘रअ’को नेपाल प्रमुख भएर काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्