Logo

काभ्रेको बस दुर्घटनामा कम्तिमा ३१ जनाको मृत्यु, घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो



Spread the love

Kavre-Bus-durghatana-1

काभ्रेको विर्ता देउराली गाविसमा यात्रु बस दुर्घटना हुँदा कम्तिमा ३१ जनाको मृत्यु भएको छ । बनेपाबाट काभ्रेको कात्तिके देउराली जाँदै गरेको बा.३ ख. १०६ नम्बरको बस काभ्रेको देउरालीमा सोमबार दिउँसो दुर्घटना भएको थियो।

उकालो बाटोमा बढी यात्रु बोकेको गाडी सडकबाट करिब ३०० मिटर तल झर्दा गाडी क्षतविक्षत भएको छ । दुर्घटनामा घाइते भएका अधिकांशको अवस्था गम्भिर रहेको काभ्रे प्रहरीले जनाएको छ ।

३६ जना घाइतेलाई उद्धार गरी काठमाडौं पठाइसकेको, बाँकीलाई एम्बुलेन्सबाट नजिकको अस्पताल पठाईएको प्रहरीले जनाएको छ । बसमा कम्तिमा १०० जना यात्रु हुनसक्ने प्रहरीको अनुमान छ।

तत्काल उद्धार गर्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भएको बस दुर्घटनाप्रति दुख व्यक्त गर्दै प्रभावकारीरुमा उद्धारका लागि जुट्न निर्देशन दिएका छन् । घटनाको जानकारी पाएलगत्तै प्रचण्डले गृहमन्त्री विमलेन्द्र निधिलाई फोन गरी तत्काल उद्धार कार्य प्रभावकारी बनाउन निर्देशन दिँदै हेलिकप्टरको समेत प्रयोग गर्न निर्देशन दिएका थिए ।  साथै उनले कार्यकर्ताहरुलाई पनि घाइतेहरुको उद्धारमा जुट्न निर्देशन दिएका छन् ।

Kavre-Bus-durghatana-2

Kavre-Bus-durghatana-3

प्रतिक्रिया दिनुहोस्