Logo

कोरोना संक्रमणबाट प्रदेश सांसद चौलागाईंको मृत्यु



Spread the love

२९ बैशाख, काठमाडाैँ । एमाले नेता एवं बागमती प्रदेश सभा सदस्य पशुपति चौलागाईंको निधन भएको छ ।

कोरोना संक्रमण भएपछि मनमोहन अस्पताल, काठमाडौंमा उपचाररत चौलागाईंको मंगलबार साँझ निधन भएको हो ।

चौलागाईं २०५६ सालमा दोलखाबाट प्रतिनिनि सभा सदस्य निर्वाचित भएका थिए भने दोस्रो संविधान सभामा समानुपातिकतर्फ संविधानसभा सदस्य भएका थिए ।

उनि २०७४ को निर्वाचनमा दोलखा ‘ख’बाट वाग्मती प्रदेश सभा सदस्य निर्वाचित भएका थिए ।

चौलागाईंको निधनप्रति एमाले नेताहरु सुरेन्द्र पाण्डे, योगेश भट्टराईलगायतले दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरेका छन ।

प्रतिक्रिया दिनुहोस्