Logo

राप्रपा महाधिवेशन स्थगित



Spread the love

१ जेठ, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय महाधिवेशन स्थगन गरेको छ । यही जेठ २२ देखि २५ गतेसम्म काठमाडौंँमा हुने घोषणा भएको महाधिवेशन कोभिड–१९ महामारीको अवस्था दृष्टिगत गर्दै स्थगन गर्ने निर्णय गरिएको केन्द्रीय सचिवालय प्रमुख धु्रवबहादुर प्रधानले जानकारी दिए ।

पार्टी अध्यक्षत्रय पशुपतिशम्शेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापासहितको आजको बैठकले महाधिवेशनको नयाँ मिति उपयुक्त समयमा घोषणा गर्ने निर्णय गरेको छ ।

राप्रपाले बिरामीका लागि अस्पतालमा शय्या अभाव, अक्सिजन आपूर्तिमा देखिएको समस्या, सघन उपचार कक्ष, भेन्टिलेटर र अत्यावश्यक औषधिको कमीका कारण मृत्युुदर बढिरहेकाले निजी क्षेत्रसंँगको सहकार्यबाट स्वदेश र कूटनीतिक पहल गरी अन्तरराष्ट्रिय सहयोग जुटाउन सरकारसँंग माग गरेको छ ।

बैठकले दलको निर्देशन समिति पाँच दिनभित्र गठन गर्ने निर्णय गरेको केन्द्रीय सचिवालय प्रमुख भाष्कर भद्राले बताए ।

प्रतिक्रिया दिनुहोस्