Logo

वरिष्ठ चिकित्सक आईएल आचार्यको मृत्यु



Spread the love

२ जेठ, काठमाडाैँ । वरिष्ठ चिकित्सक डाक्टर आईएल आचार्यको मृत्यु भएको छ । उनको ८३ वर्षको उमेरमा आइतबार निधन भएको हो ।

उनी दुई साता अघिदेखि स्टार अस्पतालमा उपचाररत थिए । तीन दिनअघि मात्रै उनको पीसीआर रिपोर्ट नेगेटिभ आएको स्टार हस्पिटलले जानकारी दिएको छ ।

पीसीआर रिपोर्ट नेगेटिभ आएपनि निमोनियाका कारण उनको निधन भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्