Logo

दीपक मनाङे सहित ५ जना मन्त्री नियुक्त



Spread the love

५ जेठ, पोखरा । गण्डकी प्रदेशमा मन्त्रीमण्डल बिस्तार भएको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङले बुधबार मन्त्रीपरिषद् विस्तार गरेका हुन् ।

बुधबार मुख्यमन्त्री गुरूङले ४ जना मन्त्रीहरू थप गरेका छन् । बुधबार मन्त्री पदको जिम्मेवारी पाउनेहरूमा किरण गुरुङ, विकास लम्साल, रामशरण बस्नेत र नरदेवी पुन रहेका छन् ।

बुधबार मुख्यमन्त्री गुरूङले किरण गुरुङलाई आर्थिक मामिला तथा योजना, विकास लम्साललाई उद्योग पर्यटन तथा वातावरण, रामशरण बस्नेतलाई भौतिक पूर्वाधार, नरदेवी पुनलाई सामाजिक विकासमन्त्री र दिपक मनाङेलाई युवा तथा खेलकुदमन्त्रीमा नियुक्त गरेका छन् ।

त्यस्तै प्रदेश प्रमुख सीता कुमारी पौडेलले चारै जनालाई पद तथा गोपनियताको सपथ ग्रहण गराएकी छिन् । सपथ ग्रहण कार्यक्रममा दीपक मनाङे भने अनुपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्