Logo

चार वटा गाडी एक आपसमा ठोक्किए



Spread the love

७ जेठ, भक्तपुर । भक्तपुरमा ४ वटा गाडी एक आपसमा ठोक्किएका छन् । शुक्रबार बिहान सूर्यविनायक नगरपालिका-९ स्थित नलिनचोकमा चार वटा सवारीसाधन आपसमा ठोक्किएका हुन् ।

उक्त घटनामा तीन जना घाइते भएको प्रहारीले जानकारी दिएको छ ।

शुक्रबार बिहान करीब ८ बजे प्रदेश नम्बर ३-०१-००३ क ६६४३ नम्बरको दूधको ट्यांकर र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश नम्बर १-०२-००१ ख ८४०० नम्बरको ट्रक आपसमा ठोक्किएपछि प्रदेश ३- ०१-०२२ च ०९३९ नम्बरको कारलाई पछाडिबाट ठक्कर दिएको थियो भने बा २१ च ६०१० नम्बरको स्कार्पियोमा पनि ठक्कर दिएको प्रहरीले उल्लेख गरेको छ ।

त्यहाँ ठोक्किएका सबै गाडीहरूमा क्षति पुगेको छ । प्रहरीले दुर्घटनाको कारण पत्ता लागिनसकेको बताउँदै अनुसन्धान सुरू गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्