Logo

नेविसंघद्वारा राष्ट्रपति र प्रधानमन्त्रीलाई गोबर उपहार



Spread the love

९ जेठ, काठमाडाैँ । नेपाल विद्यार्थी संघले काठमाडाैँमा प्रतिनिधि सभा विघटनको विरोध गरेको छ । आइतबार काठमाडाैँको बानेश्वरमा नेविसंघले विरोध गरेको हो ।

विरोधका क्रममा प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको तस्बीरमा गोबर दलेको छ । नेविसंघले ‘ओली–विद्या गठबन्धन’ ले मध्यरातमा संविधानको चीरहरण गरेको विरोधमा सांकेतिक विरोध स्वरुप उनीहरुलाई गोबर उपहार पठाइएको जनाएको छ ।

बानेश्ववरमा प्रधानमन्त्री र राष्ट्रपतिको तस्बीरमा गोबर दल्ने नेविसंघका निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्