Logo

यी हुन् देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने एमालेका सांसद्हरू



Spread the love

१० जेठ, काठमाडाैँ । प्रतिनिधिसभा पुनःस्थापना र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गर्दै आज निवर्तमान सांसदले सर्वाेच्च अदालतमा रिट निवेदन दिएका छन् ।

कांग्रेस सभापति देउवा, नेपाल(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा(एमाले)का नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीका नेतृत्वमा १४६ निवर्तमान सांसदले आज अपराह्न निवेदन दिएका हुन् ।

देउवालाई प्रधानमन्त्री बनाउन माधव नेपाल पक्षका २३ जना सांसदहरूले हस्ताक्षर गरेका छन् ।

१ विरोध खतिवडा
२ जीवनराम श्रेष्ठ
३ घनश्याम भुसाल
४ सोमप्रसाद पाण्डे
५ कृष्णलाल महर्जन
६ झपट रावल
७ निरादेवि जैरू
८ सरलाकुमारी यादव
९ कल्याणी खड्का
१० लक्ष्मी कुमारी चौधरी
११ माधव कुमार नेपाल
१२ भीम बहादुर रावल
१३ कलिला खातुन
१४ रामकुमारी झाँक्री
१५ झलनाथ खनाल
१६ पुष्पा कुमारी कर्ण (कायस्थ)
१७ भवानीप्रसाद खापुङ
१८ यज्ञ बहादुर सुनुवार
१९ सुरेन्द्र पाण्डे
२० मुकुन्द न्यौपाने
२१ मेटमणि चौधरी
२२ दीपकप्रकाश भट्ट
२३ नारायण खतिवडा

प्रतिक्रिया दिनुहोस्