Logo

मोष्ट वान्टेड सूचीमा रहेका मनोज पुनको प्रहरी मुठभेडका क्रममा मृत्यु



Spread the love
काठमाडौं ९, सल्लेरी खबर ।
काठमाडौँ ।  फरार सूचीमा रहेका मनोज पुन प्रहरी मुठभेडमा मारिएका छन् । रुपन्देही देवदह नगरपालिका ४ भवानीपुरमा प्रहरीसँग भएको मुठभेडमा पुन सहित उनका सहयोगी सोम आले घाइते भएका थिए ।
घाइतेहरुको लुम्बिनी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । पुन
रुपन्देहीमा रहेको केन्द्रीय अनुसन्धान व्यूरोबाट आएको सूचनाका आधारमा प्रहरीले खोजतलास तीव्र बनाएको थियो । पक्राउ गर्न खोज्ने क्रममा भाग्न खोजेपछि जवाफी कारबाहीमा पुन सहित आले घाइते भएका थिए, उनीहरुको उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।
पुन विगत ३ वर्षदेखि मोष्ट वान्टेड दिए । गत वर्ष उनले देवदहमा युवा संघका नेता दुर्गा तिवारीको हत्या गरेका थिए । गत असोजमा काठमाडौंमा भएको शरद कुमार गौचनको हत्यामा पनि उनको शंलग्नता रहेको प्रहरीले जनाएको छ । गत पुस २२ गते उनले देवदहमा बसन्त पौडेलको हत्या गराएका थिए । व्यापारीहरुको हत्या गर्ने र फिरौती असुल्ने धन्दा उनले चलाउँदै आएका थिए । आतंककमा पर्याय बन्दै आएका पुनलाई पक्राउ गर्न एक वर्ष पहिलेदेखि प्रहरी टोली सक्रिय थियो ।

प्रतिक्रिया दिनुहोस्