Logo

सर्जिकल पसलका कर्मचारीमाथि बुट, लाठी र मुक्का वर्षाउने डिएसपीमाथि अनुसन्धान सुरू



Spread the love

१३ जेठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको घण्टाघर स्थित चोकमा प्रहरीबाट भएको गैर व्यावसायिक व्यवहारको छानविनका लागि प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाँईको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ ।


समितिले महानगरपालिकाको वडा नं. ८ स्थित घण्टाघर चोकमा पसल सञ्चालकसँग प्रहरीद्वारा गरिएको गैर व्यावसायिक व्यवहारको छानविन र आवश्यक कारवाही गर्ने जनाइएको छ ।


प्रदेश प्रहरी कार्यालयद्वारा जारी विज्ञप्तिमा समितिले अनुसन्धान कार्य शुरू गरी सकेको र अनुसन्धानका क्रममा कोही प्रहरी दोषी देखिएमा प्रहरी नियमावली बमोजिम कारवाही गरिने जनाइएको छ ।

बुधबार डिएसपी प्रह्लाद कार्कीले सर्जिकल पसलका कर्मचारीलाई कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उक्त भिडियोमा डिएसपी कार्कीले सर्जिकल पसलका कर्मचारीमाथि लाठी, बुट र मुक्का वर्षाएको देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्