Logo

स्वास्थ्य मन्त्रालयलको प्रवक्तामा डा. कृष्ण पौडेल नियुक्त



Spread the love

१४ जेठ, काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्तामा डा. कृष्ण पौडेल नियुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुखसमेत रहेका डा.पौडेललाई मन्त्रालयको प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

यसअघि स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतम थिए । उनलाई कोभिड १९ युनिफाइड केन्द्रीय अस्पताल (वीर) अस्पतालको प्रमुखको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्