Logo

कोरोना भाइरसका कारण चर्चित गायिका राईको मृत्यु



Spread the love

१५ जेठ, काठमाडाैँ । कोरोना भाइरसका कारण चर्चित गायिका लासिमित राईको मृत्यु भएको छ । उनको मृत्यु भएको गायक अशोक मुकारुङले सोसल मिडिया फेसबुकमार्फत् जानकारी दिएका छन् ।

उनले फेसबुकमा लेखेका छन्,’एउटा विशाल आवाजको अन्त्य! बहुचर्चित गायिका लासिमित राई दिदीप्रति हार्दिक श्रद्धाञ्जलि, हजुरको बैकुन्ठमा बास होस् ।’

गायिका राईको नआउ सपना भरी, तिमीले दिएका बेदना, टुटेका मन, सधैँ भरी, कहिले हराउँदै, म मैनासरी, सुन कोशीको साङ्लो पानी, झारेको आँशु, तिम्रो माया, साउने भेलले’लगायतका गीतहरु चर्चित छन् ।

प्रतिक्रिया दिनुहोस्