Logo

राष्ट्रपति भण्डारीले जारी गरिन् तीन वटा अध्यादेश



Spread the love

१५ जेठ, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बजेटसम्बन्धी तीन अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति भण्डारीले शनिबार दिउँसो विभिन्न तीन वटा अध्यादेश जारी गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ११४ को उपधारा १ अनुसार आर्थिक अध्यादेश, विनियोजन अध्यादेश र राष्ट्र ऋण उठाउने अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जानकारी दिएका छन् ।

शनिबार मध्यान्ह बसेको मन्त्रिपरिषदको ३ वटा अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेका थियो ।

प्रतिक्रिया दिनुहोस्