Logo

डा. गोविन्द केसीकै तीन जन्ममिति !



Spread the love

९ फागुन, काठमाडौं । प्रधानन्यायाधीश गोपाल पराजुलीको जन्म मितिमाथि प्रश्न उठाउँदै आएका प्रा. डा. गोविन्द केसी आफैं जन्ममिति विवादमा फसेका छन् ।

डा. केसीको नागरिकता, एसएलसीको चारित्रिक प्रमाणपत्र र बढुवा फारममा फरक-फरक जन्म मिति भेटिएको हो । नागरिकतामा डा. केसीको जन्ममिति २७ असोज २०१३ छ भने एसएलसीको चारित्रिक प्रमाणपत्रमा २४ माघ २०१३ रहेको पाइएको छ । यस्तै उपप्राध्यापक रहँदा सहप्राध्यापकमा बढुवा हुनका लागि भरेको आवेदन फारममा जन्ममिति २७ मंसिर २०१३ उल्लेख छ ।

हेर्नुहोस् डा. केसीको वक्तव्य

डा. केसीले आफ्नो जन्म मितिबारे देखिएको त्रुटी सच्याउन पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

साथै आफूले जस्तै नागरिकता र शैक्षिक प्रमाणपत्र सार्वजनिक गर्न पनि प्रधानन्यायाधीश पराजुलीलाई चुनौती दिएका छन् ।

डा. केसीले आफ्नो जन्ममितिलाई लिएको भएको विवादले सुशासन र जवाफदेहिताका लागि चलाएको अभियानमा कुनै फरक नपर्ने पनि बताएका छन् । पराजुलीको पाँच वटा जन्ममिति भएको भन्दै डा. केसीको प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्