Logo

सरकारी गाडीमा युवती लिएर डेटिङ जाने व्यक्तिको परिचय खुल्यो (भिडियो)



Spread the love

१९ जेठ, काठमाडाैँ । निषेधाज्ञामा सरकारी सवारी साधन लिएर स्वयम्भुको डाँडामा डेटिङ जाने व्यक्तिको परिचय खुलेको बताइएको छ ।

आइतबार बिहान प्रदेश नं. ३–०१–००२ झ ४९२२ नम्बरको सरकारी गाडीमा युवती लिएर गइ स्वयम्भुमा अनैतिक गतिविधि गर्ने व्यक्ति सहरी विकास मन्त्रालय अन्तर्गतको नयाँ सहर आयोजनाका निर्देशक रोशन श्रेष्ठ रहेको बताइएको छ ।

उनी स्वयम्भूमा अनैतिक क्रियाकलाप गर्दागर्दै समातिएका थिए । स्थानीयहरूले उनीहरूको गतिविधि देखेपछि पत्रकारलाई खबर गरेका थिए । पत्रकारले उनीहरूको फोटो तथा भिडियो खिच्दै गर्दा पत्ता पाएर उनीहरू हतार-हतार गाडी स्टार्ट गरेर हुइँकिएका थिए ।

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले यस विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

तस्बीर : छायाँचन्द्र भण्डारीको फेसबुकबाट

यस समाचारसँग सम्बन्धित भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्