Logo

साथी भेट्न गएका नेताको गोली हानी हत्या



Spread the love

२० जेठ, एजेन्सी । भारतमा भारतीय जनता पार्टीका एक जना नेताको गोली हानी हत्या भएको हो । भारतको जम्मु कश्मिरमा भाजपाका नेता राकेश सोमनाथ पंडिताको हत्या गरिएको हो ।

भारतीय प्रहरीका अनुसार बुधबार राती पुलवामा आतंककारीले नेता राकेशको गोली हानी हत्या गरिएको हो ।

सुरक्षाकर्मीले दिएको जानकारी अनुसार राकेश उनका साथि भेट्न गएका थिए । सोही समयमा उनीमाथि गोली प्रहार भएको हो ।

गोली प्रहारबाट घाइते भएका नेताको अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्