Logo

सांसदको गाडीले किचेर एक मजदुरको मृत्यु, एक जना घाइते



Spread the love

२१ जेठ, काठमाडाैँ । विराटनगरमा सांसदको गाडीले किचेर एक जनाको मृत्यु भएको छ । बिहीबार प्रदेश १ सभा सदस्य बिन्दिया कार्कीले प्रयोग गर्दै आएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको गाडीले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा भारत कटियारीका ३५ वर्षीया मुकेश शर्मा रहेका छन् । उनको घटनास्थलमा नै मृत्यु भएको हो ।

सांसदको गाडी उनका छोरा रोविन कार्कीले चलाएको पाइएको छ । सोही गाडीको ठक्करबाट साढे ८ बजे विराटनगर ४ स्थित नहर चौकमा अर्को पैदलयात्री कटहरी निवासी २२ वर्षीया राजकुमार राजवंशी घाइते भएका छन् ।

प्रहरीले दिएको जानकारी अनुसार सडकमा हिँडीरहेका दुई जनालाई गाडीले पछाडीबाट ठक्कर दिएको हो ।

ठक्कर दिएपछि गाडी चालक फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्