Logo

सल्यानमा खोलाले बगाउँदा बेपत्ता भएका वलि मृत अवस्थामा फेला



Spread the love

kholale-bagauda-mirtuगत सोमबार अविरल वर्षा सङ्गै शारदा खोलामा आएको बाढीले बगाउँदा सल्यान बागचौर नगरपालिका वडा न. २ थारमारे सेराचौर निवासी ५६ वार्षिया कुल बहादुर वलिको मृत्यु भएको छ ।

कोटबारा टाट्के बजार बाट घर तर्फ फर्कदै गर्दा टाट्के नजिकै बाट सोमबार बेलुकी करिब ६ बजे वलि लाई शारदा खोलाले बगाएर बेपत्ता पारेको थियो ।

घटना घटेको केही समयमै वाइसीएल नेपाल सल्यान,सल्यान रुकुम यातायात व्यवसायी समिति,इलाका प्रहरी कार्यालय थारमारे र स्थानीय बासीको सक्रियतामा खोजी कार्य तीव्रता पारिएता पनि रातीको समय र शारदा खोलामा पानीको मात्रा बढी भएका कारण खोजी कार्यमा असहजता भएको वाइसीएल नेपाल, सल्यानका अध्यक्ष शोभाराम भण्डारीले जानकारी दिए ।

सोमबार बेलुकी करिब ६ बजे तिर कोटबारा टाट्के नजिकै शारदा खोलामा बेपत्ता भएका वलि खोजीकै क्रममा मंगलबार बिहान ६ बजे बाझकाडा ७ जामिरे शारदा खोलाको किनारमा मृत अवस्थामा फेला परेका  सल्यान रुकुम यातायात व्यवसायी समितिका अध्यक्ष लोकमान बुढाथोकीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्