Logo

नेपालमा एकल राज्य स्वीकार्य छैन : उपप्रधानमन्त्री राजेन्द्र महतो



Spread the love

२२ जेठ, काठमाडाैँ । जनता समाजवादी पार्टीका नेता एवं उपप्रधानमन्त्री राजेन्द्र महतोले नेपालमा एकल राज्य स्वीकार्य नभएको बताएका छन् ।

शनिवार जसपा पार्टी कार्यालयमा नवनियुक्त मन्त्रीहरुलाई गरिएको स्वागत कार्यक्रममा बोल्दै उनले एकल राज्यका कारण विभिन्न समुदाय पछि परेको भन्दै बहुल समुदाय रहेकोले बहुलतामा आधारित राज्य सञ्चालन गर्नुपर्ने बताएका हुन् । यसअघि उनले शुक्रबार पनि बहुलतामा आधारित राज्य सञ्चालन गर्नुपर्ने बताएका थिए ।

उपप्रधानमन्त्री महतोले सर्वोच्चले मुद्धा टुङ्याएपछि राष्ट्रपतिबाट कैद सजाय माफी गराएर चौधरीको रिहाइ गराउने पनि उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्