Logo

राजेन्द्र महतोलाई २४ घण्टाभित्र देश निकाला गर्न माग



Spread the love

२२ जेठ, काठमाडाैँ । नयाँ पार्टी, नेपालले उप-प्रधानमन्त्री एवं सहरी विकास मन्त्री राजेन्द्र महतोलाई २४ घण्टाभित्र देश निकाला गर्न माग गरेको छ ।

शनिबार एक विज्ञप्ती जारी गर्दै उक्त पार्टीले काम चलाउ सरकारमा सहभागी भई उच्च ओहोदामा आसिन महतोलाई देश निकाला गर्नुपर्ने माग गरेको हो ।

‘महतोलाई २४ घण्टाभित्र उप-प्रधान एवं सहरी विकास मन्त्रीबाट निलम्बन गरि निजको नागरिकताको सम्बन्धमा परेको उजुरी उपर छानविन गरी आवश्यक कारबाही गरि देशद्रोही अभिव्यक्ति दिएकोमा राज्यद्रोह मुद्धा लगाई देश निकाला गर्नसमेत सरकारको ध्यानाकर्षण गराउन चाहन्छौँ ।’ पार्टीद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

पार्टीका वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता युवराज सफल हस्ताक्षर गरेको विज्ञप्तीमा यदि सरकारले उक्त कदम नचालेको खन्डमा जनताले आवश्यक कारबाही गर्ने र त्यसको जिम्मा सम्बन्धित पक्षले नै लिनुपर्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्