Logo

बाैद्धमा बोराभित्र पोको पारेर फालेको अवस्थामा एक शव फेला



Spread the love

२४ जेठ, काठमाडाैँ । काठमाडाैँको बाैद्धमा बोराभित्र पोको पारेर फालिएको अवस्थामा शव भेटिएको छ । बाैद्धको नयाँबस्तीमा बोरामा पोको पारेर फालेको अवस्थामा एक जनाको शव फेला परेको हो ।

प्रहरीका अनुसार उक्त शव हत्या गरेपछि ढडाएर फालिएको छ । शवका केही भागमात्रै बोरामा भेटिएको प्रहरीले जानकारी दिएको छ ।

अहिले शव प्रहरीले पोस्टमार्टमका लागि अस्पताल पठाएको छ भने घटनाबारे थप अनुसन्धान सुरू गरिएको बताएको छ ।

अनुसन्धानका लागि घटनास्थलमा तालिमप्राप्त कुकुरकोसमेत परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्