Logo

कोरोना विरूद्धको खोप लगाउने व्यक्तिलाई गाँजा उपहार दिने घोषणा



Spread the love

२६ जेठ, एजेन्सी । अमेरिकाको एक राज्यमा कोरोना विरूद्धको खोप लगाउनेलाई गाँजा उपहार दिइने भएको छ । अमेरिकाको वासिङ्टनले २२ वर्षभन्दा माथिका व्यक्तिलाई कोरोना विरूद्धको खोप लगाएको अवस्थामा एक खिल्ली गाँजा उपहार दिने भएको हो ।

यो योजना तत्काल लागु भएर जुलाई १२ सम्म जारी रहने घोषणा गरिएको छ । यो घोषणाले युवाहरू कोरोना विरूद्धको खोप लगाउन उत्प्रेरित हुने अपेक्षा गरिएको छ ।

यसभन्दा अघि एरिजोनामा पनि खोप लगाएवापत गाँजा दिने अफर ल्याइएको थियो ।

अमेरिकामा कोरोना विरूद्धको खोप लगाउन उत्प्रेरित गर्न केही राज्यहरूले सित्तैमा बियर दिने, केहीले विश्वविद्यालयमा छात्रवृत्ति दिने गरेका छन् भने केहीले लाखौं डलरको चिठ्ठा राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्