Logo

सभामुख सापकोटाले प्रधानमन्त्री ओलीलाई पठाए चिठी



Spread the love

२६ जेठ, काठमाडाैँ । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिठी पठाएका छन् । बैठकमा सहभागी हुन आग्रह गर्दै चिठी पठाएका हुन् ।

सभामुख सापकोटाले समसामयिक विषयमा संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरु र पूर्व प्रधानमन्त्रीहरुसँग छलफल गर्न लागेकोले २८ गते शुक्रबार संघीय संसद बानेश्वरको लोत्से हलमा सहभागी हुन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्