Logo

गुल्मीमा एक पुरुष मृत फेला



Spread the love

२७ जेठ, गुल्मी । गुल्मीमा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको इस्मा गाउँपालिका पाँच पाकटेरीका ३० वर्षीय पुरुष बिदुर बिक्रम कुवर मृत फेला परेको इस्मा चौकीका प्रहरी नायव निरीक्षक मोहन लाल अधिकारले जानकारी दिएका छन् ।

कुँवर घर देखि करिब तीन सय मिटर नजिकै रहेको राँगाको पाइला भन्ने भिर नजिकैबाट करिब ४५ मिटर तल खसेको बताइएको छ ।

घटना बारे थप जानकारी लिन जिल्लाको टोली घटनास्थल तर्फ प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्