Logo

संशोधनमा प्रतिबद्धता खोज्दै मधेसी दल



Spread the love

प्रदेश २ मा संघीय समाजवादी फोरम नेतृत्वको मधेस गठबन्धन सरकारलाई वाम, गठबन्धन एमाले माओवादी ले समर्थनको मत दिएसंगै राजनीतिक सरगर्मी बढेको छ ।

केन्द्रमा वाम गठबन्धनको सरकारमा मधेसकेन्द्रित दललाई पनि सामले गराउन कसरत भईरहेका बेला प्रदेश २ मा एमाले र माओवादीले सरकारका पक्षमा मत दिनुलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।

प्रदेशसभा बैठकमा विहीबार मुख्यमन्त्री मोहम्म लाबाबु राउतले विश्वासको मत लिन राखेको प्रस्तावमा नेपाली कांग्रेसले भने विपक्षमा मत दियो ।

एक सय सात सदस्यीय प्रदेशसभामा राउत नेतृत्वको सरकार पक्षमा दुईतिहाई मत खस्यो भन्ने खबर आजको नागरिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्