Logo

प्रधानमन्त्री ओलीमाथि दिपक मनाङेको टिप्पणी- ‘ओली दुईवटा किड्नी नभएको मान्छे हो’



Spread the love

३० जेठ, पोखरा । गण्डकी प्रदेशमा मन्त्री दिपक मनाङे प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यसँग जोडेर अस्वभाविक टिप्प्णी गरेका छन् । शनिबार गण्डकी प्रदेशको मन्त्री परिषद्मा नियुक्त हुनु अघि धर्नामा बसेको समयमा उनले उक्त टिप्पणी गरेका हुन् ।

मानाङेको उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

नयाँ सरकार गठनमा अलमल गरेको भन्दै कांग्रेस नेतृत्वमा धर्ना बसिरहेको बेला पत्रकारले केही बोलिदिन आग्रह गरेका थिए । सो आग्रह पछि उनले भने, ‘केपी ओलीको न वर्तमान छ, न भविष्य छ । तर, यसको पछि लाग्ने मान्छेहरुको बुद्धि छैन रैछ क्या । दुईवटा किड्नी नभएको मान्छे हो । अरुको त किड्नी छ नि यार । वुद्धि भए छिटो उसको साथ छोड्दा राम्रो हुन्छ । म त टाइममै छोडेर बचेँ ।’

दीपक मनाङे गण्डकी प्रदेशमा तीन पटक मन्त्री भएका छन् । यसअघि युवा तथा खेलकुदमन्त्री रहेका मनाङे शनिबार बिना विभागीय मन्त्रीमा नियुक्त भएका छन् ।

यस समाचारसँग सम्बन्धित भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्