Logo

कोरोनाले कांग्रेस नेता हरिभक्त अधिकारीको निधन



Spread the love

३१ जेठ, काठमाडाैँ । नेपाली कांग्रेस लमजुङका पूर्वसभापति एवं पूर्वसांसद हरिभक्त अधिकारीको निधन भएको छ।

विगत सात वर्षदेखि मधुमेह, उच्च रक्तचाप लगायतका रोगले थलिएका अधिकारीलाई कोभिड संक्रमण देखिएपछि जेठ २८ गते मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचारका लागि लगिएको थियो।

उनको आइतबार राति ११ बजे निधन भएको कांग्रेस लमजुङ–काठमाडौँ सम्पर्क समितिका सभापति प्रदीपराज अधिकारीले जानकारी दिए।

विस १९९८ पुस २१ गते लमजुङको दुराडाँडामा जन्मेका अधिकारी विसं २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा लमजुङ क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए।

अधिकारीका श्रीमती, दुई छोरा र एक छोरी छन्।

प्रतिक्रिया दिनुहोस्