Logo

३८ जना श्रीमति र ८९ जना सन्तान भएका व्यक्तिको मृत्यु



Spread the love

३१ जेठ, एजेन्सी । ३८ जना श्रीमति र ८९ जना सन्तान भएका व्यक्तिको मृत्यु भएको छ । भारतको मिजोरम भन्ने स्थानमा जियोना चना नाम गरेका ती व्यक्तिको मृत्यु भएको हो ।

उनको ब्लड प्रेसर र डायबेटिजका काण मृत्यु भएको बताइएको छ । चना ७६ वर्षका थिए । उनी विश्वकै सबैभन्दा ठूलो परिवार भएका व्यक्तिको रूपमा परिचित थिए ।

चनाको ठूलो परिवार कै कारण मिजोरमको सानो गाउँ बक्त्वांग लांग्नम पर्यटकहरूका लागि आकर्षणको केन्द्र भएको बताइएको छ ।

सोमबार बिहान करीब ३ बजेतिर एेजवालको एक हस्पिटलमा उनको मृत्यु भएको बताइएको छ ।

चनाको परिवार १०० वटाभन्दा धेरै कोठा भएको ४ तल्ले भवनमा बस्ने गरेको बताइएको छ । मिजोरमका मुख्यमन्त्री जोरमथंगाले चनाको मृत्यु भएकोमा दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्