Logo

धमाधम विपक्षी नेताहरु पक्राउ



Spread the love

१ असार, एजेन्सी । निकारागुवाको प्रहरीले विपक्षी नेताहरूलाई धमाधम पक्राउ गर्न थालेको छ ।

पछिल्लो हप्तामा मात्रै प्रभावशाली छ नेतालाई पक्राउ गरिसकिएको अधिकारीले जानकारी दिएका छन् ।

ती मध्ये पाँच जना आइतबार मात्रै पक्राउ परेका हुन् । राष्ट्रपति डानीयल अर्टेगाको सरकारलाई चुनौति दिने नेताहरुलाई छानिछानी पक्राउ गर्ने गरिएको छ ।

पक्राउ पर्नेमा गत नोभेम्बरमा भएको निर्वाचनमा उम्मेदवार भएका प्रभावशाली नेताहरु पनि रहेका छन् ।

प्रहरी अधिकारीहरूले यही जुन २ देखि गिरफ्तार गर्ने क्रम सुरु गरेको र अहिलेसम्म १३ जनालाई गिरफ्तार गरिसकिएको छ ।

प्रतिक्रिया दिनुहोस्