Logo

सिन्धुपाल्चोकमा बाढी, ५० जनाभन्दा बढी सम्पर्कविहीन (तस्बीरहरू)



Spread the love

२ असार, काठमाडौँ । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची खोला (ईन्द्रावती नदी)मा आएको बाढीले ५० जना भन्दा बढी सम्पर्कविहीन भएको स्वास्थ्य तथा जनसंख्यामन्त्री शेर बहादुर तामाङले जानकारी दिएका छन् । बाढीले गर्दा जनधनको क्षति भएको भनिएपनि विवरण आउन बाँकी छ ।

गएरातीको अविरल वर्षाले गर्दा ठूलो बाढी आउँदा मेलम्ची बजार लगायत बस्तीमै क्षति भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्