Logo

आफ्नै आमाको हत्या गरी लास खाने छोरालाई जेल सजाय



Spread the love

३ असार, एजेन्सी । आफ्नै आमाको हत्या गरी शव खाने छोरालाई जेल सजाय भएको छ । स्पेनमा आफ्नी हामाको हत्या गरी शरीर खाने छोरालाई १५ वर्ष जेल सजाय सुनाइएको हो ।

बिबिसीमा उल्लेख भएअनुसार २८ वर्षीय अल्बर्टो सान्चेज गोमेज २०१९ मा पक्राउ परेका थिए । गोमेजको घर वरीपरी उनकी आमाका शवका टुक्राहरू फेला परेका थिए ।

उनले अदालतसामु मान्छेको हत्याको समयमा मान्छेको मस्तिष्कमा कस्तो असर पर्ने रहेछ भन्ने परीक्षण गर्दा आमाको मृत्यु भएको बयान दिएका थिए । तर, अदालतले उनको यो बयानप्रति भने आकर्षित भएन ।

अब गोमेज हत्याको अभियोगमा १५ वर्ष र शवमाथि गरेको घृणित कामको अभियोगमा थप ५ वर्ष जेलमा बस्नेछन् । उनले उनका भाइलाई ६० हजार पाउन्ड जरिवाना पनि तिर्नुपर्ने भएको छ ।

घरायसी विवाद हुँदा गोमेजले ६० वर्षकी आमाको हत्या गरेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्