Logo

गण्डकीका मुख्यमन्त्रीले पाए विश्वासको मत, कति मत खस्यो पक्ष र विपक्षमा ?



Spread the love

४ असार, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाएका छन् । शुक्रबार प्रदेशसभामा भएको मतदानमा पोखरेलको पक्षमा बहुमत परेको हो ।

शुक्रबार प्रदेशसभामा छ८ जना सांसद उपस्थित थिए । त्यसमध्ये ३१ मत पोखरेलको पक्षमा र २७ मत विपक्षमा खसेको छ ।

प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले विश्वासको मतसम्बन्धी प्रस्तावमाथि भएको मतविभाजनको परिणाम घोषणा गर्दै मुख्यमन्त्री पोखरेलद्वारा पेस गरिएको प्रस्ताव प्रदेशसभाको बहुमतबाट पारित भएको घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्