Logo

निषेधाज्ञामा बिहे : बेहुला एक्लै गएर मोटरसाइकल मै बेहुली लिएर फर्किए



Spread the love

६ असार, सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिका –८ का सन्तोष श्रेष्ठले निषेधाज्ञाका बीच बेहुलीलाई आफैले मोटरसाइकलमा चढाएर घरमा भित्र्याएका छन् ।

धर्मदेवीको आँखीभूईँबाट ती बेहुला–बेहुली मोटरसाइकलमा खाँदबारी फर्किएका हुन् । बेहुला सन्तोषले धर्मदेवी नगरपालिका –७ की चन्द्रिका श्रेष्ठसँग विवाह गरेका हुन् । विवाहमा अन्य कुनै तडकभडक देखिएन ।


कोभिड–१९ का कारण १५ जनाभन्दा बढी उपस्थित हुन जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले रोक लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्