Logo

आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौलासहित तीन जना पक्राउ



Spread the love

७ असार, काठमाडाैँ । आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौलासहित तीन जना पक्राउ परेका छन् । प्रहरी कार्यालयमा महिलामाथि कुटपिट गरेको अभियोगमा उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा ज्वालासँगै शर्मिला वाइबा र हिमाल उपाध्याय रहेका छन् ।

पीडित खुश्बु घिमिरेले दिएको किटानी जाहेरीका आधारमा उनीहरुलाई अभद्र व्यवहारको कसूरमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

संग्राैलाले ट्राफिक प्रहरी वृत्त, महाराजगञ्जका प्रहरी सहायक निरीक्षक (असई) मणिकान्त झालाई दुर्व्यहार समेत गरेकी थिइन् । उनले झालाई सरूवा गराक्षदिने भन्दै रंगभेदी धम्की दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्