
९ असार, एजेन्सी । भारतमा तृणमूल कांग्रेसकी सांसल नुसरत जहानको नैतिकतामाथि प्रश्न उठेको छ । भारतीय जनता पार्टीका नेता संघमित्र माैर्याले नुसरतको वैवाहिक जीवनसँग जोडेर नैतिक प्रश्न उठाएका हुन् ।
माैर्याले भारतीय लोक सभामा पत्र लेख्दै नुसरतको वैवाहिक जीवनबारे छानबिन हुनुपर्ने माग राखेका छन् । उनले लोक सभाका सभामुख ओम बिर्लालाई पत्र लेख्दै उक्त कुरा माग गरेका हुन् ।
नुसरत बिगत केही महिनादेखि श्रीमानबाट टाँढा बसिरहेकी थिइन् । तर, उनी गर्भवती भएको फोटो तथा समाचार बाहिरिएपछि उनी मिडिया तथा राजनीतिक नेताहरूको निशानामा परेकी हुन् ।
सोही विषयलाई इंङ्गित गर्दै माैर्याले उनको गर्भको विषयका लोक सेवाको नियम अनुसार छानबिन हुनुपर्ने माग सहित पत्र लेखेका हुन् । माैर्याले पत्रमा नुसरतको सांसद पद खारेज हुनुपर्न माग समेत राखेका छन् ।
प्रतिक्रिया दिनुहोस्