Logo

यस्तो पनि हुन्छ बफादार कुकुर



Spread the love

सल्लेरी खबरको टिम मृतकको घर गएर तयार पारेको सामाग्री 

loyal-dog-salyanयति बेला सल्यान, दाङ र अन्य जिल्लामा भुस्या कुकुरले मानिस लगायत चौपाया लाई टोकेर जटिल समस्या निम्त्याउनुका साथै उक्त समस्या बाट मुक्ति पाउनको लागि कुकुर मार्ने अभियान चलाएकै बेला सल्यानमा एक कुकुरले मानवताको ब्यवहार देखाएर धेरै लाई चकित तुल्याएको छ ।

गत सोमबार बेलुकी करिब ६ बजे तिर कोटबारा टाट्के बजार बाट घर तर्फ फर्कदै गरेका सल्यान जिल्ला बागचौर नगरपालिका वडा न. २ सेराचौर निवासी ६२ बर्षीय  कुल बहादुर वलिलाई  टाट्के बजार नजिकै रहेको शारदा खोलाले बगाएको केही छिन नबित्दै उनैको घरमा पालेको वलिको साथमा रहेको कुकुरले शारदा खोलामा आएको बाढिमै हाम फाली आफनो मालिकलाई बचाउन कोसिस गरेको दृश्य देख्न पाएको नजिकै पसल गरी बस्ने हेमराज डागी बताउनु हुन्छ ।

शारदा खोलामा आएको धमिलो उर्लिदो भेल सँगै अघि अघि कुल बहादुर वलि बगि राखेको र पछि-पछि कुकुर खोलाम पौडिदै गरेको दृश्य देख्न बित्तिकै वलि लाई उद्धार गर्न भनी आफू पसल बाट खोलाको किनार तिर हाम फालेको तर खोलाको किनारमा पुगन्जेल वलिलाई तीव्र गतिमा बगेको पानीको बेगले नजिकै रहेको दममा पुर्याई सकेको डागी बताउनु हुन्छ ।

वलिलाई शारदा खोलाले दमबाट झारे लगत्तै उनी सँगै रहेको कुकुर खोला बाट बाहिर निस्केर सेराचौर गाउँतिर लाग्यो, म हत्तारिएर लामो स्वर निकालि मानिस बगायो भनेर सबै सँग हार गुहार माग्न थाले, उद्धारको लागि मानिस जम्मा हुन्जेल वलिलाई शारदा खोलामा आएको भेलले बेपत्ता बनाई सकेको थियो ।

इलाका प्रहरी कार्यालय थारमारेमा जानकारी दिए लगत्तै सबै जम्मा भएर बेपत्ता  वलिको खोजी कार्यमा लाग्यौं तर पानीको उच्च बहाप कारण खोजी कार्य त्यति प्रभावकारी हुन नसकेको वाइसीएल सल्यानका अध्यक्ष सोभाराम भण्डारीले बताउनु भयो ।

साझको समयमा बजार बाट एकलै घरमा पुगेको कुकुरको व्यवहार अरू दिनको तुलनामा फरक देखियो, कुकुर निर्घात ढंगले रुन कराउन थाल्यो र मैले कुकुरलाई गाली गर्दै घरको ढोकाबाट लखेटे झन घरको यता, उता गरेर कराउन थाल्यो । आफ्नो घरमा पालेको कुकुरको फरक व्यवहारले मन झसङ्ग हुन के पाएको थियो छिमेकी बाट आफ्नो पतिलाई शारदा खोलाले बगाएको जानकारी आयो म रोए, कराए र होसमा रहिन गहभरि आँसु पार्दै मृतक कुल बहादुर वलिकी पत्नी नन्दकला वलिले हामी सँग भन्नू भयो ।

सोमबार बेलुकी ६ बजे टाट्के नजिकै बाट शारदा खोलाले बेपत्ता पारेका वलिलाई मङ्गलवार बिहान ६ बजे बाझकाडा ७ जामिरे शारदा खोलाको किनारामा मृत अवस्थामा फेला पारिएको थियो ।

इलाका प्रहरी कार्यालय थारमारे,सल्यान रुकुम यातायात व्यवसायी समिति ,वाइसीएल सल्यान र अन्य सर्बसाधरणको पहलमा लास घरमा लिन बित्तिकै अघिल्लो दिन झैँ कुकुरले वलि प्रति सहानुभूति जनाएको दृश्य देख्न पाएको मलामीहरू बताउछन् ।

लास घाट तिर लिन थालियो कुकुर पनि लासको पछि पछि हिडि हाल्यो हिन्दुहरूको चलन अनुसार कुकुर लाई लास छुन दिनु हुन्न र घाटमा जानू दिनु हुन्न भन्ने मान्यताले पटक पटकको प्रयास पछि पनि कुकुर आर्य घाटमा जान पाएन नत वलिको मुखनै देख्न पायो । कुकुरको यस्तो ब्यवहारले मलामीहरुलाई अचम्मित तुल्याएको छिमेकी बम कृष्ण वलिले बताउनु भयो ।

विगत तीन वर्ष देखि आफ्नो घरमा पालेको कुकुर र बुबाको माया एकै परिवारका सदस्य जस्तै थियो बुवाको इसारा कुकुरले बुझ्थ्यो र कुकुरको चाहना  बुबाले छिटै बुझ्नु हुन्थ्यो, बुवाको निधन पछि कुकुर पनि परिवार सँगै शोकमा छ वलिका जेठा छोरा खुम राज वलि भन्नू हुन्छ ।

प्रतिक्रिया दिनुहोस्