Logo

अहिलेको राष्ट्रपतिभन्दा राजा नै ठीक थियो : प्रचण्ड



Spread the love

१० असार, काठमाडाैँ । नेकपा ओवादी केन्द्रका अध्यक्ष तथा पूर्व्रपधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीले इज्जत, मान र प्रतिष्ठा गुमाएको टिप्पणी गरेका छन् ।

बिहीबार विपक्षी गठबन्धनको बैठकमा विचार राख्दै प्रचण्डले अहिलेको राष्ट्रपति संस्थाभन्दा राजा नै ठीक रहेको रहेको उल्लेख समेत गरेका छन् । बैठकमा बोल्दै प्रचण्डले भने, ‘कमसेकम राजाको सान त थियो ।’

प्रचण्डले आफूहरुको संघर्ष संविधान, लोकतन्त्र र राष्ट्रिय हितका लागि भएको जिकिर गर्दै कसलाई प्रधानमन्त्री बनाउने र हटाउने प्रवृत्तिको नभएको पनि उल्लेख गरेका छन् । ‘एउटा प्रधानमन्त्री बनाउन र एउटा हटाउनकै लागि मात्रै यो गठबन्धन बनेको होइन। यो संघर्ष संविधान, लोकतन्त्र र राष्ट्रको हितको पक्षमा उभिने र नउभिने बीचको लडाईं हो। सिस्टम बचाउने वा नबचाउने भन्ने लडाइँ हो। यसमा पाँचै दलमा समझदारी बनेको छ। यो प्रधानमन्त्रीका निम्ति भएको संघर्ष होइन।’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्