Logo

किन साइकलमा अण्डा र पाउरोटी बेच्दैछन् यी अभिनेता ?



Spread the love

११ असार, एजेन्सी । बलिउड फिल्ममा विशेषतः भिलेनको भूमिकामा देखिने सोनु सुद साइकल लिएर अण्डा र पाउरोटी बेच्न निस्किएका छन् । उनले साइकलमा अण्डा र पाउरोटी बेच्दै गरेको भिडियोहरू अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

उनले उक्त भिडियोमा साइकलमा बेचिने अण्डा र पाउरोटीलाई ‘सुपरमार्केट’को नाम दिएका छन् ।

सूदले कोरोना भाइरसको दोश्रो लहरका कारण मारमा परेका साना व्यवसायीहरूलाई उत्प्रेरित गर्नका लागि उक्त काम गरेको भारतीय मिडियाहरूमा उल्लेख छ ।

कोरोना भाइरसले भारतमा प्रभाव पार्न सुरू गरेदेखि नै सूद मानवीय सेवा लागि परेका छन् । उनले असहायलाई आर्थिक तथा अक्सिजन सिलिण्डर र अस्पतालमा पुर्याउने सम्मका कामहरू गरिरहेका छन् ।

कोरोना भाइरसको पहिलो चरणमा भारतमा लागू गरिएको देशव्यापी लकडाउनका कारण घर जान नपाएर समस्या परेका मजदूरहरूलाई घरसम्म पुर्याउने साधन व्यवस्थापन गरिदिएपछि उनको ठूलो चर्चा सुरू भएको थियो ।

अहिले पनि उनले विभिन्न माध्यमबाट असहायहरूलाई सहयोग गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्