Logo

निवर्तमानमन्त्री आलेद्वारा उपचारका लागि ५० हजार सहयोग



Spread the love

१२ असार, काठमाडाैँ । निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले कैलालीका समाजसेवी डिल्लीराज जोशीको उपचारका लागि रु ५० हजार आर्थिक सहयोग गरेका छन् । कोराना सङ्क्रमण भएपछि मेडिसिटी अन्तर्राष्ट्रिय अस्पताल ललितपुरमा उपचार गराइरहेका जोशीको थप उपचारका लागि उनले सो रकम प्रदान गरेको उनका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए ।


आलेले शुक्रबार अस्पतालमा पुग्नु भई जोशीकी छोरी हिमांशुलाई आर्थिक सहयोग प्रदान गरेका हुन् । कोरोना सङ्क्रमणबाट जोशीको अवस्था गम्भीर भएपछि हेलिकप्टरबाट धनगढी ल्याइएको हो । जोशीको स्वास्थ्यावस्थामा केही सुधार आएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्