Logo

अत्याधिक ज्वरोका कारण बुबाको मृत्यु, छाेराछोरी समस्यामा



Spread the love

salyan district

सल्यानको मुलखाेला १ देउलिमा ज्वरोका कारण माेतिराम बुढाकाे ज्यान गएको छ ।

४५ बर्सेयी बुढा ४ दिन देखि ज्वरो आउने, टाउको दुख्ने , पेटदुख्ने समस्याले थला परेका थिए । उपचारकाे लागि  दुई दिन स्वास्थ चौकी मुलखोलामा अाउदा सिटामाेल बाहेक अरू केही नपाई उनी घर फर्केका थिए ।

मृतककाे परिवार अनुसार अत्याधिक ज्वराेले ज्यान गएको वताएका छन् । यहाँका स्थानीय अस्पतालमा सिटामाेल बाहेक अरू केही नहुँदा नागरिक याे मौसममा  हैरानी परेका छन् ।

मृतक बुढाका दुई  छाेरा र  दुई  छोरी  विच्चलिमा पर्ने भएका छन् । भरनपाेषण गर्ने अभिभावक नहुँदा  र आमा समेत अशक्त हुँदा नबालक छाेराछोरी समस्यामा हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्