Logo

बागचाैर नगरपालिकाद्वारा कृषकहरूलाई निः शुल्क विरूवा वितरण



Spread the love

१८ असार, सल्यान । सल्यानको बागचाैर नगरपालिकाले कृषकहरूलाई बिरुवा वितरण गरेको छ । शुक्रबार एक कार्यक्रमका बीच नगरपालिकाले वडा नं ५ का कृषकहरूलाई बिरुवा वितरण गरेको हो ।

नगरपालिकाले शुक्रबार वडा नं ५ का ५०० भन्दा बढी कृषकहरूलाई कागती र टिमुरका बिरुवा वितरण गरेको हो । नगरपालिकाले निः शुल्क विरूवा दिएपछि वडाध्यक्ष विक्रम रावतले हर्षित हुँदै अनुदान कार्यक्रमको लागि सहयोग गरेकोमा बागचौर नगरपालिकालाई धन्यवाद दिएका छन् । ‘यहाँको भूगोल अनुसार कागती र टिमुरको लागि उचित ठाउँ भएकोले यी जातका बिरुवाहरू कृषकहरूलाई निःशुल्क वितरण गरिएको हो । बिरुवाहरूलाई राम्रोसँग स्याहारसुसार एवम् मलजल गरी बिरुवाबाट उत्पादन समेत बढाएको देख्न अनि सुन्न पाईयोस्’ उनले भने ।

विरूवा वितरण कार्यक्रममा बागचौर नगरपालिका वडा नं. ५ का का. वडाध्यक्ष विक्रम रावत, बागचौर नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर हमाल, शिक्षा शाखा प्रमुख टेक बहादुर डि.सी., योजना शाखामा कार्यरत कर्मचारी डिल्ली घर्ती, ने.क.पा.माओवादी प्रदेश कमिटी सदस्य कृति बहादुर पुन, वडा सदस्यहरू नेत्र बहादुर दमाई, लक्ष्मी सुनार लगायतको उपस्थिति रहेको थियो ।

५०० भन्दा बढी किसानहरूले कागती र टिमुर गरी प्रति व्यक्ति करिब ४० वटा बिरुवा निःशुल्क रूपमा पाएका थिए । यसरी निः शुल्क विरूवा पाउँदा किसानहरूले स्थानीय सरकारलाई धन्यवाद व्यक्त गर्दै खुसी साथ बिरुवाहरू हुर्काउने प्रतिबद्धता समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्