Logo

सुदूरपश्चिम प्रदेशमा गयो भूकम्प



Spread the love

१९ असार, काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा भुकम्पको धक्का महसुश गरिएको छ । शुक्रबार राति १० बजेर २ मिनेटमा गएको भूकम्पको धक्का सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला बझाङ, बाजुरालगायतका जिल्लामा महसुस गरिएको हो ।

भूकम्पको केन्द्रबिन्दु बझाङ र बाजुराको सीमा सैपाल नजिक रहेको भूकम्प मापन केन्द्र सुर्खेतले जानकारी दिएको छ । भूकम्प ४ दशमलब १ रेक्टर स्केलको गएको केन्द्रले जनाएको छ । भूकम्पले के–कति क्षती भयो भन्ने आएको छैन् ।

प्रतिक्रिया दिनुहोस्